सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, २९ पुस २०७९, ०९ : ०९
शुक्रबार, २९ पुस २०७९

झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र सो  घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको  प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप