मधेश प्रदेश माओवादी संसदीय दलको नेतामा साह
शुक्रबार, २९ पुस २०७९, १२ : ३३
जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएको छ । शुक्रबार जनकपुरधाममा भएको निर्वाचनबाट दलका नेतामा भरतप्रसाद साह चयन भएका हुन् । दलको नेताका लागि भरतप्रसाद साह र युवराजप्रसाद भट्टराईले उम्मेदवारी दिएका थिए । साहको ६ मत पाउँदै संसदीय दलको नेता चुनिएका छन् भने भट्टराईले ३ मत पाएका छन् ।
महोत्तरी १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता थिए । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ सांसद छन् । पार्टीभित्र रहेको आन्तरिक विवादका कारण यस प्रदेशमा माओवादी केन्द्रको दलको नेता चयन हुन सकेको थिएन ।