सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुषको स्मारिका प्रकाशन गरिने

satabdi

शुक्रबार, २९ पुस २०७९, १३ : ३६
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय भएको छ । शताब्दीपुरुष सत्यमोहन जोशीको श्रद्धाञ्जलीका लागि स्थापित संस्थाहरूका प्रतिनिधिहरूले उक्त निर्णय गरेका हुन् । पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा आयोजित सो भेलाले यसका लागि सात सदस्य समिति पनि निर्माण गरेको छ । 

समितिको संयोजकमा नेपाली साहित्य मन्दिरका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सदस्य–सचिवमा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली र कोषाध्यक्षमा नेपाली साहित्य संस्कृति समाजका महासचिव मुरारि सिग्देल रहेका छन् । यसैगरी सदस्यहरूमा क्रमशः बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा. गोविन्दमान सिंह कार्की र सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिल छन् । 
यसैगरी सो भेलाले शताब्दीपुरुष सत्यमोहन जोशीको प्रकाशन गरिने स्मृतिग्रन्थको प्रधान सम्पादकमा श्रीओम श्रेष्ठ ‘रोदन’लाई मनोनयन गरेको छ । 

शताब्दीपुरुष सत्यमोहन जोशीको देहावसानको समय ४३ ओटा सस्थाहरूले शोक वक्तव्य जारी गरेका थिए भने ३७ ओटा संस्थाहरूले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका थिए । 
सो भेलामा नरेन्द्रबहादुर श्रेष्ठ, हेम पाठक, शङ्कर भारती, भीष्म उप्रेती, अश्विनी कोइराला, निर्मलरमण पराजुली, उमेश पाण्डे, विजध्वज थापा, श्रीमान कार्की, कमला रिसाल, सुष्मा अंशुलगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप