आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'गठबन्धन गरेपछि किन पार्टी चाहियो ?'

शुक्रबार, २९ पुस २०७९, १४ : ३१
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् ।  

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।” उनले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे । 

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताए । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप