सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक किलो गाँजासहित एकजना पक्राउ

शुक्रबार, २९ पुस २०७९, १६ : २९
शुक्रबार, २९ पुस २०७९

सिन्धुली । एक किलो गाँजासहित धन कुमार वाइबा पक्राउ परेका छन् ।

सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइबा अवैध लागूऔषध गाँजा करिब १ किलोसहित प्रहरीले पक्राउ गरेको हो । 

सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप