आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिनर्जी पावरको १६ औं वार्षिक साधारणसभा सम्पन्न

शनिबार, ३० पुस २०७९, ११ : ३१
शनिबार, ३० पुस २०७९

काठमाडौँ ।  सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औ वार्षिक साधारणसभा सम्पन्नभएको छ । आजशनिवार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौंमा साधारणसभा सम्पन्नभएको हो । साधारणसभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेस भएको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आर्थिक वर्षको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचिहरू साधारणसभाले स्वीकृत गरेको छ ।  साधारणसभाले आव २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ ।

साधारणसभामा शेयरधनीहले पुस मसान्तसम्म साधारणसभा गरेर जरिवानाबाट बच्नु राम्रो भएपनि आगामी वर्षदेखि पुस महिना अगाडी नै साधारणसभा सम्पन्न गर्न सुझाव दिएका थिए । त्यस्तै उनीहरुले कम्पनीको हकप्रद निष्काशनमा भइरहेको ढिलाईबारे जिज्ञासा राखेका थिए । शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष इन्द्रबहादुर थापाले विद्युत नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रममा रहेकाले आयोगबाट स्वीकृति आएपछि थपप्रक्रिया अगाडी बढ्ने बताए । 

सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने उनले बताए । यहि प्राविधिक कारणले हकप्रदमा ढिलाई भएपनि अब भने २५ प्रतिशत प्रगति भइसकेकाले अब माघ महिनामा स्वीकृति आइसक्ने उनले जानकारी दिए । त्यस्तै उनले लाभांश दिन सक्ने अवस्था रहेपनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकोले आगामी वर्षदेखि उचित प्रतिफल दिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप