सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘संवेदनाका स्वरहरू’को रजत जयन्ती

शनिबार, ३० पुस २०७९, १२ : ००
शनिबार, ३० पुस २०७९

काठमाडौँ । ‘संवेदनाका स्वरहरू’ निबन्धकृतिले रजत जयन्ती मनाएको छ । नेपाली साहित्यमा चिरपरिचित चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित ‘संवेदनाका स्वरहरू’ निबन्ध सङ्ग्रह प्रकाशनको २५ वर्षको अवसरमा  शङ्कर लामिछाने प्रतिष्ठान, थाहा पुस्तकालय, मीनभवनमा समीक्षात्मक कार्यक्रमको आयोजना गरिएको थियो । 

सो अवसरमा ‘संवेदनाका स्वरहरू’ निबन्ध सङ्ग्रहका भूमिका लेखक प्रा.डा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार केके कर्माचार्यलगायतले सो कृतिको प्रकाशनको सन्दर्भबारेमा प्रकाश पारेका थिए । समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले नेपाली निबन्ध लेखनमा  आएका उतारचढावका विविध पक्षमा चर्चा गरेका थिए । 

सो कृतिका चार निबन्धकारले आआफ्नो मन्तव्यका क्रममा बितेका २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा आएको उचाइका बारेमा परिचर्चा गरेका थिए । 

शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभार पत्रसहित अभिनन्दन गरिएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप