कर्णालीको सभामुख महिला बन्ने निश्चित, एमालेबाट सुर्खेतकी नन्दा गुरुङले उम्मेदवारी दर्ता गर्दै
सुर्खेत । कर्णालीमा नेकपा एमालेले यो पटक सभामुखका लागि महिला सांसदलाई अघि सार्ने भएको छ। समानुपातिक कोटाबाट सांसद बनेकी सुर्खेतकी नन्दा गुरुङलाई सभामुख बनाउने करिब–करिब निश्चित छ। एमाले प्रदेश अध्यक्ष समेत रहेका विना विभागीय मन्त्री विनोदकुमार शाहले सभामुखका लागि गुरुङ उम्मेदवार बन्ने निश्चित भएको रातोपाटीलाई बताए ।
उनले ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा थियो । यद्यपि ०७४ मा पुरुष सांसदलाई सभामुख बनाइसकेको एमालेले यो पटक महिलालाई अघि सारेको हो । नन्दा गुरुङ अब सभामुख बन्ने करिब निश्चितजस्तै छ। उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ। यता नेपाली कांग्रेसबाट पनि सुर्खेतकै खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।