समाचार
कर्णालीको सभामुखका लागि एमालेकी नन्दा गुरुङद्वारा उम्मेदवारी दर्ता
शनिबार, ३० पुस २०७९, १६ : ०३
सुर्खेत । कर्णालीमा नेकपा एमालेबाट सुर्खेतकी नन्दा गुरुङले सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा थियो । यद्यपि ०७४ मा पुरुष सांसदलाई सभामुख बनाइसकेको एमालेले यो पटक महिलालाई अघि सारेको हो । नन्दा गुरुङ अब सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ।
उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ। यता, नेपाली कांग्रेसबाट पनि सुर्खेतकै खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।