सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा तीन जनाको मृत्यु

शनिबार, ३० पुस २०७९, २२ : ५६
शनिबार, ३० पुस २०७९

काठमाडौँ । छुट्टाछुट्टै  दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरीको बोदेबर्साईन नगरपालिका-३ कुसमहारमा साईकलबाट लडेर खडक नगरपालिका-३ बनरझुला बस्ने ३० वर्षीय देव कुमार मण्डलको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका-२ स्थित सडक छेउमा रोकी राखेको ना.५ ख ७५६४ नम्बरको ट्रकमा बागमती प्रदेश ०३-००४ प १५९३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गोडैता नगरपालिका-४ बस्ने ३२ वर्षीय बिश्वजित हजारीको घटनास्थलमै मृत्यु भएको छ ।
    
यसैगरी झापाको बाह्रदर्शी गाउँपालिका-६ बाह्रदशी डाँडामा प्र-१-०१-००१ त ८९५९ नम्बरको ट्या३क्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४ वर्षीय फडिन्द्र खातीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप