सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
जहाज दुर्घटना

कास्कीका सीडीओ भन्छन्, ‘अवस्था भयावह छ’

आइतबार, ०१ माघ २०७९, १२ : ०६
आइतबार, ०१ माघ २०७९

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यति एयरलाइन्सको विमान दुर्घटना भएको स्थानबाट कसैलाई जीवित उद्धार गर्ने सम्भावना करिब सकिएको बताएका छन् । उनले अझै पनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जीवित भेट्न नसकिएको रातोपाटीलाई जानकारी दिए । 

‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जीवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’

उनका अनुसार सेती नदीको निकै तल खोँचमा विमान खसेको छ । दुर्घटनाको खबर पाएसँगै द्रुतगतिमा उद्धार गरिए पनि अहिलेसम्म कसैलाई जीवित उद्धार गर्न नसकिएको केसीको भनाइ छ । 

घटनास्थलबाट केसीले भने, ‘कुनै पनि जिउँदो भएको जस्तो छैन । त्यै पनि जिउँदो निकाल्न सकिन्छ कि भनेर हामी लागिपरेका छौँ । अहिलेसम्म जीवितै वा घाइते अवस्थामा निकाल्न सकिएला कि भनेर लागेको तर सकिएन । सेती नदीको खोँच हो हामी यही आइपुगेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप