सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जेल चलान

आइतबार, ०१ माघ २०७९, १६ : ०४
आइतबार, ०१ माघ २०७९

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका–८ घर भएका धर्मराज जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

उच्च अदालत पाटनले धर्मराजलाई २०७६ फागुन १२ मा १२ लाख ९९ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका जैसीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

जरिवाना तिर्न नसकेपछि बर्दिया जिल्ला अदालतको आदेशले जैसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हृदेश कुमार सापकोटाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप