सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटना भएकै जहाजमा पोखरा जाने तयारीमा थिए गायक पशुपति शर्मा

आइतबार, ०१ माघ २०७९, १६ : १४
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । चर्चित लोकगायक पशुपति शर्मा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्नबाट जोगिएका छन् । गायक शर्माले रातोपाटीसँगको कुराकानीमा सो कुराको जानकारी दिएका हुन् । उनले आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घटनामा पर्नबाट जोगिएको बताए ।

‘खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ’, शर्माले भने ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रुन मन लाग्यो ।’ ‘अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ । कसले देखेको छ र ?’ उनले थपे । 

शर्मा पोखरबाट अहिले स्याङजातर्फ लागेका छन् । त्यसपछि उनी बागलुङको कार्यक्रममा पुग्नेछन् । देशको बिभिन्न ठाउँमा मेला महोत्सव चलिरहेकोले अहिले त्यसैको सिलसिलामा आफु उपत्यका बाहिर रहेको शर्माले सुनाए । ६८ जना यात्रु र चालक दलका ४ सहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खसेको हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप