सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

यति एयर दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

आइतबार, ०१ माघ २०७९, १६ : ४९
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।

विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कल सेन्टर स्थापना गरिएको छ । मृतक यात्रुको सम्बन्धमा जानकारी लिन ०१–४११३१६३ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । यति एयरलायन्स आधिकारिक प्रतिनिधि पेम्पा शेर्पालाई ९८०१००७५३१ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप