सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

यति एयर दुर्घटना : ११ जनाको सनाखत

आइतबार, ०१ माघ २०७९, १७ : ०२
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउने ११ जनाको शव पहिचान भएको छ ।  आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९–एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

विमानमा ६८ जना यात्रु र ४ जना यति एयर प्रालिको एनवाईटी–६९१ विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान भएको कास्किका एसपी अजय केसीले रातोपाटीलाई बताए । अहिलेसम्म घटनास्थलबाट ३२ जनाको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल) मा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप