आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयद्वारा भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित

आइतबार, ०१ माघ २०७९, १७ : १४
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाको घटनापछि गृह मन्त्रालयले आइतबार गर्ने भनेको समारोह स्थगित गरेको छ । हरेक वर्ष माघ २ गतेका दिन मनाइँदै आइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम यसवर्षपनि गृहमन्त्रीको नेतृत्वमा विषेश समारोहका साथ गर्ने तयारी थियो ।

भोलिको २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृहमन्त्रीका प्रेस सल्लाहाकार नवराज पाण्डेले जनाएका छन् । वि.सं १९९० साल माघ २ गते गएको भूकम्पको स्मृतिमा हरेक वर्ष राष्ट्रिय भूकम्प दिवस मनाउँदै आइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप