आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

आइतबार, ०१ माघ २०७९, १९ : ००
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।

मन्त्रालयले यस घटनाबाट आफूहरू दुखित भएको बताउँदै आफ्ना प्रार्थना शोक सन्तप्त परिवारका सदस्यसँग रहेको उल्लेख गरेको छ । यस दुखद घडीमा पाकिस्तान नेपालको साथमा रहेको विज्ञप्तिमा बताइएको छ । यसअघि अमेरिका, चीन र भारतले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेको थियो ।

आइतबार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप