सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनाबारे छानबिन गरी आगामी दिनमा सतर्कता अपनाउन नाट्टाको माग

आइतबार, ०१ माघ २०७९, १९ : ३७
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आइतबार पोखरमा भएको विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा थप सतर्कता अपनाउन तथा यात्रुलाई सुरक्षित यात्राको सुनिश्चितता गराउन माग गरेको छ ।

आइतबार पोखरामा यती एयरलाइन्सको ९ एन एएनसी विमान दुर्घटना भएको हो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले उक्त दुर्घटनामा परी दिवङ्गत सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार रहेको र नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरोकारवाला र विशेष रूपमा सरकारको ध्यान जानुपर्ने आवश्यकता आफूले बारम्बार उठाइरहेको माग रहेको पनि स्मरण गराएको छ ।

Press Statement regarding Crash (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप