सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

दुर्घटना चराको कारणले भएको हो त ?

सोमबार, ०२ माघ २०७९, ०५ : ४६
सोमबार, ०२ माघ २०७९

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो । ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई बेवास्ता गरेका थिए । आहारा र बासको खोजीमा भौँतारिरहेका तिनै चरासँग ठोक्किएर आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो कि भन्ने आशङ्का उब्जेको छ ।

हवाई क्षेत्रका एक जानकारका अनुसार कुनै पनि प्राविधिक समस्याबिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ । 'जहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो । अन्तिम समयसम्म जहाज र विमानस्थल टावरबीच सहज रूपमा सञ्चार सम्पर्क भएको छ,' ती जानकारले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न । जहाज चरासँग ठोक्किएको हुनसक्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप