आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरा विमान दुर्घटना : खोजीकार्य आज स्थगित, भोलि पुन: सुरु हुने

सोमबार, ०२ माघ २०७९, १८ : ५३
सोमबार, ०२ माघ २०७९

काठमाडौं । पोखरा विमान दुर्घटनाकोखोजीकार्यआजका लागि स्थगित भएको छ । आइतबार भएको दुर्घटनामा परेकाहरूको खोजीकार्य भोलि पुनः सुरु हुने भएको हो । 

यस्तै पछिल्लो अपडेट अनुसार ६९ जनाको शव अस्पतालमा राखिएको छ । बाँकी ३ जनाको खोजीकार्य जारी रहेको छ । खोजी जारी रहेको अवस्थामा एउटा हात, एउटा खुट्टा र करङ फेला परेको जनाइएको छ । तर एउटै व्यक्तिको हो वा फरक भने खुलेको छैन ।

आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान दुर्घटनामा मृत्यु हुने ६९ जनाको शव भेटिएको छ । त्यसमध्ये ४५ जनाको काठमाडौं र २४ जनाको पोखरामै शव परीक्षण हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप