आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टिभिएसलाई दुईवटा अवार्ड

सोमबार, ०२ माघ २०७९, १९ : ३८
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखमा आईएमओटिवाइ—२०२२ र अटो कार अवार्ड पाएको थियो ।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरूको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको विज्ञप्तिमा उल्लेख छ । 

यता अपाचे बाइकले निरन्तर सुधार गरेको फिचरहरूको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ । 

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पाङग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको वितरण सञ्जाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप