सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मङ्गलबार, ०३ माघ २०७९, ११ : १२
मङ्गलबार, ०३ माघ २०७९

विराटनगर । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरेका हुन् ।

दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरू सहभागी थिए । उनीहरूले मृतकहरूको आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिएको नोबेलमा अध्ययनरत विद्यार्थी विविसा बुढाथोकीले जानकारी दिइन् ।

आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ६८ यात्रु र चालकदलका चार सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप