समाचार
शिक्षामन्त्री खनालद्वारा सिंहदरबारमा पुगेर पदभार ग्रहण, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ०३ माघ २०७९, १३ : ५७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका हुन् । उनलाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालया स्वागत गरेका थिए ।