आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सर्वदलीय बैठक : एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए

मङ्गलबार, ०३ माघ २०७९, १७ : ४७
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ ।  एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । 
प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।  त्यसैगरी एमालेबाट ओली बाहिरिएपनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बैठकमै छन् । 

यस्तै   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।  बैठकमा खासगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको सहभागिता रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप