आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेजरी बिल्सको ब्याजदर घट्यो

बुधबार, ०४ माघ २०७९, ०६ : ४१
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । मंगलबार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।

९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर घटिरहेको छ । गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा १२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ६ अर्ब वृद्धि भई ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप वृद्धिसँगै बैंकहरुको निक्षेप–कर्जाको अनुपात (सीडी रेसियो) पनि ८६ दशमलव ५७ प्रतिशतबाट घटेर ८६ दशमलव ४७ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि घटेर ५ दशमलव ९५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप