आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

बुधबार, ०४ माघ २०७९, ०८ : २५
बुधबार, ०४ माघ २०७९

इस्लामाबाद । पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामाबादबाट सुरु गरे । प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय र प्रान्तीय सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रान्तमा पछिल्ला वर्षमा  पाकिस्तानका केही पोलियो संक्रमण देखिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा २० जनामा पोलियोको संक्रमण देखिएको थियो । 

कतिपय क्षेत्रमा विद्रोहीले स्वास्थ्य कार्यकर्ता र स्वयंमसेवीलाई निशाना बनाउँदा विगतामा पोलियो अभियान प्रभावित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप