भारतीय विदेश मन्त्री जयशंकरले दिए मन्त्री पौडेललाई बधाई
बुधबार, ०४ माघ २०७९, १० : १८
काठमाडौँ । भारतीय विदेश मन्त्री डा. एस जयशंकरले नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएकी डा.विमला राई पौड्यालाई बधाई दिएका छन् ।
विदेश मन्त्री एस जयशंकरले आफ्नो ट्वीटमार्फत सो बधाई दिएका हुन् । नेपालको परराष्ट्र मन्त्रीको रूपमा नियुक्त भएकोमा पौड्याललाई बधाई दिँदै उनले मन्त्री पौडेलसँग मिलेर काम गर्ने अपेक्षा गरेको भनेका छन् ।