सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

१० वर्ष जेलमा बसेर छुटेपछि श्रृङ्खलाबद्ध लुटपाटको धन्दा, ७७ लाख लुटेपछि समातिए मनराज

बुधबार, ०४ माघ २०७९, १५ : २५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।  काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई तिमालस्थित घर नजिकैबाट मंगलबार पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

१० वर्ष खुन डाँका मुद्दामा जेल परेका उनी छुटेपछि फेरि डकैती धन्दामा संलग्न भएको खुलेको छ । ०६८ असोज २२ गते ललितपुरको सिरुवारीमा लुटपाटका क्रममा उनले गोली चलाउँदा श्रवण खड्काको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेका उनी १० वर्ष जेल बसेका हुन् । 

जेलबाट छुटेपछि उनले गत असार ६ देखि साउन २४ गतेसम्मको अवधिमा लुटपाट र डकैतीमा संलग्न भएका थिए भने अनुसन्धानको क्रममा उनी फरार थिए । उनले ४ वटा घटनामा ७७ लाख ६० हजार ८७४ रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।

a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप