मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेत्र चिकित्सक सन्दुक रुइतले पाए १३ करोडको ‘इसा अवार्ड’

बुधबार, ०४ माघ २०७९, १७ : २५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । नेत्र चिकित्सक सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छन् । बुधवार पत्रकार सम्मेलन गरी डा.रुइतले बहराइजका पूर्वराजा सेख इसा बिन सलमान खालिफाको नाममा स्थापित ‘इसा अवार्ड’ प्राप्त गरेको जानकारी दिएका हुन् ।

मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्तिलाई यस संस्थाले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्ने गर्छ ।‘विश्वमा दिइने विभिन्न किसिमका अवार्डमा केही न केही केही राजनीतिक वा के कुरासँग जोडिएको हुन्छ, उनले भने, यो अवार्ड निष्पक्ष प्रदान गरिएको अवार्ड हो ।’  

 अवार्डका रूपमा डाक्टर रुइतले १० लाख डलर अर्थात् नेपाली १३ करोड ८ लाख मूल्य बराबरको गोल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।   यस अवार्डको नोमिनेसनमा  १४५ जना व्यक्ति र संस्था परेका थिए । जसमध्ये   ६ जना   सर्टलिस्टमा परेको र त्यसमा आफू छनौटमा परेका पत्रकार सम्मेलन डा.रुइतले जानकारी दिए ।

पाएको अवार्डमा सर्वसाधारणहरूले खुसी व्यक्त गरेको भन्दै उनले यसलाई राज्यले कसरी लिन्छ  त्यो भने हेर्न बाँकी रहेको बताए । उनले भने, ‘मलाई लाग्छ मैले पाएको अवार्ड सानो हो जस्तो लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप