सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

बुधबार, ०४ माघ २०७९, १८ : ३१
बुधबार, ०४ माघ २०७९

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-६ बयलबास बजारबाट कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने १ थान गोली सहित ईश्वरपुर नगरपालिका-५ नरेशखोर बस्ने २२ वर्षीय संजित कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप