आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुख चयन गरेर सदनलाई नियमित,व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ : पाण्डे

बिहीबार, ०५ माघ २०७९, १२ : ३९
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल सभामुख चयन गरेर सदनलाई नियमित,व्यवस्थित  र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । संसदमा बोल्दै पाण्डेले सत्ता साझेदार दलबाट उम्मेदवार भएका देवराज घिमिरेको पक्षमा मतदान गर्ने आग्रह गरे । 

‘उहाँ(देवराज घिमिरे)ले नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै योग्दान गर्नुभयो । उत्पीडित समुदायको पक्षमा काम गर्नुभयो । नेपालको सुशासन समृद्धिका साथ सम्पूर्ण नेपाली जनतालाई एकतावद्ध बनाएर जानुपर्ने छ’ पाण्डेले भने, ‘देशको समृद्धि हासिल गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जुन दायित्व पुरा गर्नुछ । त्यसका लागि सदनमा हामीले नियमित र व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन गर्दैछौं । यसका  लागि देवराज घिमिरे योग्य हुनुहुन्छ ।’ ससदको योग्य व्यक्तिलाई मतदान गर्न पाण्डेले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप