सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ

बिहीबार, ०५ माघ २०७९, १२ : ५०
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । काठमाडौँको एक होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उक्त होटलहरूमा शङ्कास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शङ्कास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप