सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साउदी रियालसहित विमानस्थलबाट एक जना पक्राउ

बिहीबार, ०५ माघ २०७९, १२ : ५३
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियालसहित एक जना पक्राउ परेका छन् । १४ हजार ४ सय रियालसहित धनुषा धनुषाधाम  नगरपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय एमडी नजिमलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

कतार एयरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाई लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय  साउदी रियाल फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप