सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदलाई सरकारले नियन्त्रण गर्नुहुँदैन : भण्डारी

बिहीबार, ०५ माघ २०७९, १३ : ५७
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य शरदसिंह भण्डारीले विभिन्न घटनाको छानविनका लागि समिति बनेपनि त्यसको कार्यान्वयन नभएको गुनासो गरेका छन् । विभिन्न घटनाहरुका बारेमा छानविन गर्न गठन भएको समितिले तयार पारेका प्रतिवेदन कार्यान्वयन गराउन लागि उनले माग पनि गरे । बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले सबैको अपनत्व हुने गरी संविधान बनाउन सबैले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र सोही अनुसारको काम गर्न पनि आग्रह गरे ।

विगतको संसद अनाकर्षण तरिकाले बितेको बताउँदै नेता भण्डारीले सरकारको छायाँको रुपमा संसद हुन नहुने बताए ।  भण्डारीले यदि त्यस्तो भएमा अपेक्षा अनुसारको काम गर्न नसकिने बताए । यो सदनबाट निकै आशा र भरोसा गरेको बताउँदै उनले जनताको अपेक्षा यो सदनले पुरा गर्नुपर्ने धारणा राखे । संसदमा बसेर प्रधानमन्त्री र मन्त्रीहरुले आदेश र उपदेश दिने काम भएको दावी गर्दै उनले यसले संसदको गरिमालाई कायम राख्न नसक्ने धारणा राखे । ‘सदनले सरकार जन्माउँछ, सरकारले सदन जन्माउँदैन, यहाँ उल्टै भएको छ, यहाँ सरकारले सदन चलाएको जस्तो देखिएको छ’ उनको टिप्पणी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप