सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिउँ छिचोल्दै विद्यालयतर्फ विद्यार्थी

शुक्रबार, ०६ माघ २०७९, १२ : २४
शुक्रबार, ०६ माघ २०७९

हुम्ला ।  हुम्लामा हिमपात भएपछि विद्यालय जाँदै गरेका विद्यार्थी प्रभावित भएका छन् । हिमपातका कारण हुम्लाको समग्र जनजीवन कष्टकर बनेको छ । 

यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।
 
गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप