कर्णाली प्रदेश : स्वतन्त्र सांसद शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
शुक्रबार, ०६ माघ २०७९, १५ : १२
सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएका छन् ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारे सैद्धान्तिक छलफलमा धारणा राख्दै उनले विश्वासको मत दिने बताएका हुन् ।
मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेश सभामा विश्वासको मत मागेका छन् ।