वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
शुक्रबार, ०६ माघ २०७९, १५ : २२
काठमाडौं । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन डिस्चार्ज भएका छन् । शुक्रबार अपरान्ह पुन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अघिल्लो शनिबार पुन स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएका थिए । नेता पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।