सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

जंगी अड्डामा सेनाको युनिट विशेष प्रदर्शनी (फोटोफिचर)

शुक्रबार, ०६ माघ २०७९, १६ : १९
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । भद्रकालीस्थित जंगी अड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे । सैनिकको विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द सवारी साधन र उद्दारमा प्रयोग हुने सामग्री प्रदर्शन गरेका छन् । ४ दिनसम्म सर्वसाधारणले समेत सो प्रदर्शनी अवलोकन गर्न सक्ने सैनिक प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई बताए । 

२६० औं सेना दिवशको अवसरमा सेनाले विविध कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष शिवरात्रीको दिन नेपाली सेनाले स्थापना दिवश मनाउँदै आएको छ ।  फोटो तथा युनिट विशेष प्रदर्शनी प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले पनि अवलोकन गरेका छन् ।

तस्बिर :  कृष्ण खड्का/रातोपाटी

army (2)army (3)army (4)army (5)army (6)army (7)army (8)army (9)army (10)army (11)army (12)army (13)army (14)army (15)army (16)army (17)army (18)army (19)army (20)army (21)army (22)army (23)army (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप