रौतहटमा बालकको हत्यामा संलग्न दुईजना सार्वजनिक
शुक्रबार, ०६ माघ २०७९, १८ : ५७
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बालक हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या भएको ४१ दिनपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विरबहादुर बुढा मगरका अनुसार जिल्लाको माधवनारायण नगरपालिका ८ बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा मंसिर २५ गते हत्या गरेको पुष्टि भएको छ । उनको शव घटना भएको ६ दिनपछि बागमती नदीमा फेला परेको थियो ।
प्रहरीका अनुसार सोही ठाउँका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय रामले बालकको हत्या गरी बागमती नदीमा फालेका थिए ।