सोचे झैं हुन्छ र कहाँ ?
शनिबार, ०७ माघ २०७९, ०७ : ०८
अच्युतमान सिंह प्रधान ‘उत्सुक’
सोचे झैं हुन्छ र कहाँ?
खोजे जस्तै पाइन्छ र कहाँ?
सोचे र खोजे जस्तै हुने र पाइने भए
हुने थियो स्वर्ग नै यस धर्तिमै ।
गर्नुपर्छ आफ्नो कर्म सधैँ
फलको आशा नगरी कहिले पनि
मान्नुपर्छ आफूसँग जे छ,
हुन्न देख्न दिवास्वप्न कहिले पनि।
हुने कुरो छाड्छ, भएर नै
नहुने कुरो पाइन्न, केही गरे पनि
हुनुपर्छ सन्तोषी सबै, जे छ आफूसँग
अनि पो हुन्छ, सधैँ खुशी र सुखी।