मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मधेश प्रदेशका ८ जिल्लामध्ये बारामा सबैभन्दा धेरै कुष्टरोगी

शनिबार, ०७ माघ २०७९, २१ : १६
शनिबार, ०७ माघ २०७९

बारा । मधेश प्रदेशका आठ जिल्लामध्ये बारामा कुष्टरोगीहरुको  संख्या सबैभन्दा बढी रहेको एक अनुसन्धानले देखाएको छ । बारा जिल्लामा मात्रै ६ सय १३ जना नयाँ कुष्टरोगी फेला परेको लेप्रोसि मिसन नेपालले जनाएको छ ।

शनिवार लेप्रोसी मिसन नेपालले बाराका सञ्चारकर्मीहरुका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्याकं सार्वजनिक गरेको हो । अन्तरक्रिया कार्यक्रममा  मधेश प्रदेशका ८ जिल्लामध्ये बारा पहिलो  स्थानमा छ भने पर्सा दोश्रो  र रौतहट तेश्रो स्थानमा रहेको तथ्यांकले देखाएको छ ।

बारामा ६ सय १३, पर्सामा ५ सय ४१ र रौतहटमा ५ सय ३८ कुष्ट रोगीको नयाँ केश फेला परेको लेप्रोसी मिसन नेपालकी तीन जिल्ला हेर्ने अनुगमन तथा मूल्यांकन अधिकृत ऋजु तिवारीले जनाएकी छन् । उनले कुष्टरोगलाई पापको फल भनेर सामाजिक रुपमै  विभेद गरिने भएकोले कुष्टरोग लागेकाहरुले रोग लुकाउने र उपचार गराउन समेत नजाने गरेको टिप्पणी गरेकी छिन् ।  कुष्टरोगीहरु स्वयम् खुलेर उपचारका लागि नजाँदा शारीरिक अपाङ्गता भएर समाजबाट झनै अपहेलित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

कुष्टरोगीप्रतिको सामाजिक दृष्टिकोण फेर्न र उपचारमा उनीहरुको सहज  पहुँच स्थापित गर्न पत्रकारको भूमिका अहम् रहेकोले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक लेप्रोसि मिशन नेपाल सिमरा शाखाले जनाएको छ । चालू आवको ५ महिनामा देशभर  २ हजार १७३  नयाँ कुष्ठ रोगी फेला परेको र त्यसमा सबैभन्दा धेरै मधेश प्रदेशमा रहेको लेप्रोसी मिसन नेपाल बारामा कार्यरत डा। प्रकाश ढुंगानाका जनाएका छन् ।

संस्थाले  कुष्टरोगी पहिचानकै लागि बाराको १६ वटा पालिका मध्ये सबैभन्दा धेरै कुष्टरोगी भएको पचरौता नगरपालिकामा अगामी साता छाला रोगको शिविर समेत राखेको छ । पचरौता नगरपालिकामा मात्रै  १ सय २ जना कुष्ठरोग प्रभावित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप