आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपकरणको बढ्दो प्रयोगले स्मरणशक्ति कमजोर बन्दैछ : अध्यक्ष ओली

आइतबार, ०८ माघ २०७९, १८ : ४४
आइतबार, ०८ माघ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताएका छन् ।  

आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए । उनले प्रविधिको उपलब्धिले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले हरेक मानिसले आफ्नो काम ड्युटीका रूपमा नभई कर्तव्यका रूपमा पूरा गर्न आग्रह गरे ।  

अध्यक्ष ओलीले वेद मानवरचित नभई दैविकदेन भएको बताए । उनले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताए । अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रूपमा आएको बताए । उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताए ।  उनले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभई जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताए ।  

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताए । उनले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप