सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्सले राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको उम्मेदवारीलाई समर्थन गर्ने

सोमबार, ०९ माघ २०७९, २१ : ५७
सोमबार, ०९ माघ २०७९

माल्दिभ्स । माल्दिभ्सले सन् २०२८–२०२९ को अवधिका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भारतको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सन् २०२७ जुनमा संयुक्त राष्ट्रसंघ महासभाको पहिलो सत्रमा त्यसबारे निर्वाचन हुनेछ।

भारतलाई समर्थन गर्ने निर्णय विदेशमन्त्री एस जयशंकरको जनवरी १८ र १९ मा माल्दिभ्सको भ्रमणपछि लिइएको थियो। माल्दिभ्सको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई देशबीचको साझेदारी घनिष्ठ  रहेको सन्दर्भमा यो निर्णय लिइएको  बताइएको छ ।

‘भारतले अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न निरन्तर बलियो र प्रभावकारी नेतृत्व प्रदर्शन गरेको छ। भारत संयुक्त राष्ट्रसंघको बडापत्रमा निहित मूल्यमान्यता र सिद्धान्तहरूको पनि बलियो समर्थक रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
‘माल्दिभ्स सरकार विश्वस्त छ भारत सुरक्षा परिषदमा सबै विकासोन्मुख देशहरूको लागि आवाज  उठाउँने प्रतिनिधि बन्नेछ र आगामी वर्षहरूमा शान्ति र सुरक्षामा विश्वव्यापी बहसको लागि अर्थपूर्ण योगदान गर्नेछ’,  विज्ञप्तिमा भनिएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशंकर हनिमाधु अन्तरराष्ट्रिय विमानस्थल विकास परियोजनाको शिलान्यास समारोहमा मालदिभ्सका राष्ट्रपति, मन्त्रीहरू र स्थानीय नेताहरूसँग सामेल भएका थिए। यो परियोजनाले उत्तरी माल्दिभ्स र बाँकी विश्वका जनताबीचको खाडललाई कम गर्नेछ र दुई देशका जनतालाई एकसाथ ल्याउने विश्वास व्यक्त गरिएको छ।

मन्त्री जयशंकरले माल्दिभ्स इन्डस्ट्रियल फिशरीज कम्पनी लिमिटेडको सुविधा विस्तारको लागि सम्झौतामा हस्ताक्षर हनु पनि प्रमुख कोसेढुङ्गा हुने बताएका  छन्। ‘क्षमता विकासमा हाम्रो ध्यान प्रशिक्षण कार्यक्रमहरूमा पनि देखिएको छ जसले गत वर्ष मात्र ९०० माल्दिभ्सका अधिकारीहरूलाई लाभान्वित गरेको छ,’ जयशंकरले ट्वीटमा  उल्लेख गरेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप