मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टोटेनहमको जितमा केनको निर्णायक गोल

मङ्गलबार, १० माघ २०७९, ०८ : ३८
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । ह्यारि केनको निर्णायक गोलमा प्रिमियर लिग फुटबलमा टोटेनहम जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १–० गोल अन्तरले हराएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन  ह्यारी केनले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा केनले गरेको गोल नै खेलको निर्णायक बन्यो ।

यो गोलसँगै केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । टोटेनहमका लागि केनको यो २६६ औं गोल हो । केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने जिम्मी ग्रेभ्सको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

जितसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा  छ । फुलहम ३१ अंक जोडे सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप