भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ
मङ्गलबार, १० माघ २०७९, १२ : २४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित इटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौँबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।