बझाङमा भूकम्पले घरमा क्षति
मङ्गलबार, १० माघ २०७९, १५ : ३५
काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा गएको भूकम्पले बझाङको एक घरमा क्षति गरेको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जिँदा गएको भूकम्पले बझाङको ४ घरको तालामाथि रहेको मन्दिर भत्केको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार पश्चिमी क्षेत्रमा गएको भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो ।