स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवामा गुणस्तरीयता कायम गर्न मन्त्री गिरीको निर्देशन
मङ्गलबार, १० माघ २०७९, २० : ४१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा सञ्चालनबारे अनुगमन गरेका हुन् ।
त्यसक्रममा उनले अस्पतालको सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न निर्देशन दिए । प्रतिष्ठानलाई स्वास्थ्य पूर्वाधार तथा उपकरण र जनशक्तिसहित व्यवस्थित बताउन सङ्घीय सरकार तयार रहेको उनले बताए ।
अस्पतालको अनुगमनका क्रममा बिरामीहरूका समस्या सुन्दै मन्त्री गिरीले उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पताल प्रशासनलाई मन्त्रीले गिरी निर्देशन दिए ।