आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

प्रतिनिधिसभाको नियमावली पारितपछि मात्रै संसदीय समिति गठन हुने

बुधबार, ११ माघ २०७९, २२ : ३२
बुधबार, ११ माघ २०७९

काठमाडौँ ।  प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समितिहरु गठनका लागि समय लाग्ने भएको छ । प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएको हो । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौंदा समिति गठन गरेको छ । सो समितिलाई मस्यौँदा बनाउनका लागि १५ दिनको समय दिइएको छ । सो नियमावलीको मस्यौंदा आएर त्यसलाई सभाले पारित गरेपछि मात्रै संसदीय समिति बन्ने प्रक्रिया शुरु हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए । 

संविधानले प्रतिनिधिसभाले आफ्नो नियमावली आफैँले निर्माण गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार निर्वाचन पछि बनेको प्रतिनिधिसभाले नियमावली बनाउन लागेको हो । सोही नियमावली बनेपछि मात्रै संसदीय समिति निर्माण र काम कारवाही अघि बढ्ने छ ।   यसअघिको प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा राष्ट्रिय सभासँग मिलेर २ वटा संयुक्त समिति गरी १२ वटा समिति रहेका थिए । अबको संसदमा के कस्तो समिति बनाउने, त्यसको नाम, काम, कर्तव्य र अधिकार नयाँ नियमावलीमा तोकिएअनुसार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप