दुई दिनदेखि विद्युत सेवा अवरुद्ध
बुधबार, ११ माघ २०७९, १५ : ३४
जुम्ला । लगातारको हिमपातले जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । हिमपातले राष्ट्रिय प्रसारण लाइनको नेशनल ग्रिड अवरुद्ध भएसँगै लोडसेडिङ भएको हो ।
यस्तै हवाई मार्ग र स्थलमार्ग पनि अवरुद्ध भएको छ । विजुली अवरुद्ध हुनु र दुईदेखि घामसमेत नलाग्दा जनजीवन प्रभावित बनेको छ ।नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार निरन्तर हिमपातले जुम्लाको विभिन्न ठाउँमा विजुलीका तार छुडिएका छन् भने पोल ढलेका छन् ।
विद्युत सेवा सुचारु गर्नका लागि पहल भइरहेको उनको भनाइ छ ।