आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसप्रति ओलीको टिप्पणी : सरकार नै लोकतन्त्र, सरकार नै विकास !

बुधबार, ११ माघ २०७९, २२ : ३४
बुधबार, ११ माघ २०७९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको एकमात्र सुत्र आफु सरकारमा हुनुपर्छ र त्यही लोकतन्त्र र विकास ठान्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसको सोही सुत्रअनुसार सरकारमा हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको भन्दै देशको बारेमा चर्चा र चिन्ता गर्न कहिल्यै आवश्यक नठानेको बताए ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास आफ्नो मात्रै विकास भएको तर्क गरे ।

‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठान्दैन कांग्रेस । नेपाली काँग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भई गो नि ! उसका लागि त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली काँग्रेसको सरकार, देशमा लोकतन्त्र, देशमा विकास’, अध्यक्ष ओलीको भनाइ छ । उनले देशमा काँग्रेसको सरकार हुँदा कस्तो विकास भयो भन्दै अर्थतन्त्र ध्वस्त भएपनि उसलाई कुनै चिन्ता नभएको बताए । अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुँडी खाने पार्टी नभएको पनि दोहोर्याए ।

‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने भन्दै मौसमी कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने बताए ।

‘यो पार्टी दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुँढी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन । यो दलबल गर्ने यस्तो चिज होइन । विचार, उद्देश्यमा संगठित हुने हो । हामी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ । त्यसमा केन्द्रित हुन्छौं हामी । त्यसमा एकीकृत हुन्छौ हामी । त्यसका निम्ति काम गर्छौं हामी । र, हाम्रा निम्ति वैयक्तिक प्रश्नहरु गौण हुन्छन । वैयक्तिक प्रश्नहरुले संगठनलाई, आन्दोलनलाई कहिल्यै पनि अश्वस्थ हुन दिनु हुँदैन । कतिवटा पार्टीलाई के का खुलेका हुन् भन्ने नै थाहा हँुँदैन’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्नेहरुको गन्तव्य नभएको भन्दै यस्ता कुराहरु राजनीतिमा देखा परेपनि ती स्थायी नहुने बताए । ‘हामीले दुनियाँकै इतिहासमा अनेक प्रयोग देखेका छौं । तर ती प्रयोग राष्ट्रको आजको अवस्था के हो ? यसको विश्लेषण गरेर, समस्य के हुन ? तीनका समाधान के हो भनेर पुग्ने कहाँ हो ? कसरी भन्ने कुरामा केन्द्रित नभएको राजनीतिक त्यस्तो राजनीति अस्थायी हुन्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न ओलीले पार्टीका नेता र कार्यकर्तालाई सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप